हाम्रोबारे

बालमैत्री नेपाल प्रा.लि बालबालिकाको क्षेत्रमा क्रियाशील रहदै आएको  छ । हामीले बालबालिकाका लागि बिभिन्न साप्ताहिक, मासिक तथा अन्य प्रकाशनहरु मार्फत उनीहरुको प्रतिभा प्रष्फुटनको अवसर प्रदान गर्दै आइरहेका छौं । यसका साथै बालमैत्री प्रकाशनहरु मार्फत हामीले बालबालिकालाई अध्ययनशील बनाउँदै उनीहरुलाई समसामयिक विषय बारेको जानकारी दिनुका साथै उनीहरुलाई जीवनोपयोगी सीप हासिल गर्न लगनशील बनाउँदै आएका छौं । बालमैत्री अन्तरगत ३ वटा विषयहरु एकसाथ बुझ्नु पर्दछ । बालबालिकाको सर्वोत्तम हितका लागि बनेका ऐन नियम वा नीति, बालबालिकाको लागि सुहाँउदो संरचना र बालबालिकासँग गरिने मैत्रीपूर्ण व्यवहारले बालमैत्रीको प्रतिनिधित्व गर्दछ । हामी यसैलाई संस्थागत रुपमा विकास गर्नका लागि क्रियाशील रहँदै आएका छौं । जस अन्तरगत बालमैत्री प्रकाशन, बालबालिकाका लागि तालिम र स्थानीय तहलाई बालमैत्री बनाउने सञ्चालन गरिने बिभिन्न तालिम र अभियान नै हाम्रा नियमित र दीर्घकालिन कार्यक्रमहरु हुन ।

हामी  तपशील अनुसारका कार्यका लागि सहकार्य गर्दै आइरहेका छौं ।

  •  बालमैत्री स्थानीय समितिलाई अभिमुखिकरण तथा तालिम
  • बालमैत्री लगानी योजना, सूचकहरुको प्राप्ति र बालमैत्री घोषणाका लागि आवश्यक कार्यहरु
  • बालमैत्री अभियानको समष्टिगत रिपोटिङड्ड स्थानीय तहको प्रोफाइल बनाउने कार्य
  • स्थानीय तहको प्रचारात्मक बृत्तचित्र (डकुमेट्री) निर्माण र टेलिभिजनमा प्रशारण

यसैगरी बालबालिकालाई बालमैत्री बारेमा तपशील सिकाई कार्यक्रममा क्रियाशील रहदै आएका छौं

  • बालिकालाई नेतृत्व तथा व्यक्तित्व तालिम
  • क्लव गठन तथा सञ्चालन सम्बन्धी तालिम

सञ्चार सीप अन्तरग बालबालिकालाई

  • समाचार तथा पत्रकारिता तालिम
  • रेडियो कार्यक्रम सञ्चालन तालिम
  • बालबालिकालाई भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम

हाम्रो अभियान बालमैत्री राष्ट्र निर्माणको लागि क्रियाशील छ । हामी चाहन्छौं अर्थपूर्ण सहभागितको अवसर प्राप्त गरेर हाम्रा बालबालिका अधिकार खोज्ने मात्र होइन उनीहरु कर्तव्यका लागि क्रियाशील हुन सकुन् । ठूलो मान्छे होइन अशल मान्छे बनुन् । यसका लागि हामी सबैसँग बालमैत्री अभियानमा सहभागी भएर क्रियाशील हुनका लागि हार्दिक अनुरोध गर्दछौं

बालमैत्री नेपाल प्रा.लिका लागि
रबिराज बसौला
अध्यक्ष

अञ्जु अधिकारी
निर्देशक

महेन्द्र कोइराला
निर्देशक

ठेगानाः
प्रधान कार्यालयः पोखरा–९, कास्की
फोनः ०६१–५२५१००
सम्पर्क अफिसः काठमाण्डौं महानगरपालिका–३, लाजिम्पाट,
फोनः ०१–४४४०३११

अनलाइनका लागि
सम्पादकः रबिराज बसौला

ठेगानाः
कार्यालयः काठमाण्डौं महानगरपालिका–३, लाजिम्पाट
फोनः ०१–४४४०३११
info@childpati.com
news@childpati.com
rabi63@gmail.com

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»