शहीदलाई चिठी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज किन होला
इतिहास मेरो आँखामा आएको छ
इतिहासका पानाहरु,
ती गोर्खाली
र त्यसका सपूत ?
हालत नेपालको
देख्दा आँसु झर्छ मेरो
आफैलाई धिक्कार्छु
जसको लागि तिमीले आफ्नो
जीवन समर्पण गरेका थियौ
लाज लाग्छ मलाई
तिम्रो सामु बोल्न
तिमीले मेरा लागि जे छोडेका थियौ
न त्यस्तै बचाएँ
माफी माग्न पनि सक्दिनँ
लाचार भएको छु
थाहा छ तिमी रिसाएको छौ
म कसम खान्छु
त्यही नेपाल फर्काउनेछु
हो त्यही सिङ्गो नेपाल
चन्द्रसूर्य फरफराउने छु
यो चिठी तिम्रो लागि हो
तिमीलाई मेरो हृदयदेखि
खुकुरीको साथमा सलाम ।

विमल ‘जोसेफ’, कक्षाः १०, ज्योति मा.वि.,भक्तपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»