मेरो विद्यालय


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चारैतिर हरियाली रमणीय ठाउँ ।
ज्ञान दियो बालिरहन्छ सँधै बाल्दै जाउ ।।
प्राकृतिक सुन्दरता वातावरण राम्रो ।
सिकाउनु हुन्छ गुरुहरु पढ्ने काम हाम्रो ।।

पश्चिमतिर सेती नदी कलकल गर्दै बग्छ ।
उत्तरतिर सेता हिमाल मुस्कुराउँदै हाँस्छ ।।
दक्षिणतिर अग्ला पहाड लामबद्ध कति ।
पूर्व हेर सुन्दर गाउँ स्वर्ग जस्तै रती ।।

सात तालहरुको नगरीभित्र विद्यालय हाम्रो ।
अतिरिक्त कृयाकलाप शिक्षण विधि राम्रो ।।
लक्ष्य राखौैं चन्द्र छुने स्कुलमा पढी ।
असल काम गर्नु पर्छ सधैं अघि बढी ।।

रोजी थापा कक्षा ४
ज्ञानज्योती विद्याकुञ्ज मा.वि. पोखरा, लेखनाथ, ३२ कास्की

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»