मेरो देश


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बयान गर्न सक्दिनँ, मेरो देशको सौन्दर्यता
सम्झन्छु विगत दाँज्छु वर्तमान मुटु हुन्छ छियाछिया

चाहिँदैन भागबन्डा कसैको, पु्रानै नेपाल चाहिन्छ
जसलाई जे मन लाग्यो त्यही गर्न कहाँ पाइन्छ ?

वीर पुर्खाको दुःखले आर्जेको नेपाल
जोगाउनुपर्छ हामीले हाम्रो राष्ट्रिता र एकता

हेर्न सक्दिनँ नेपालआमाको रित्तिएको सौन्दर्यता
पीडित बनाउँछ अशान्ति र लुछाचुँडिले

राष्ट्रियता जोगाउन नसक्ने नेता भए लुते यहाँ
जनताको घाँटी निमोठ्ने नेता भए सुरा यहाँ

त्यसैले बनाऔँ आजै एकताको बलियो डोरी
समृद्ध, शान्त देश हुने छ भोलि ।

दिपेन्द्र आचार्य
कक्षा: ६, गङ्गा सेकेन्डरी स्कुल, पुरानो कालिमाटी, काठमाण्डौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»