मेरो देश


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दर शान्त विशाल नेपाल मेरो देश
बुद्धले जन्म लिएर ज्ञान छरेको मेरो देश
सगरमाथाको चुचुरोले उच्च विश्वको शिर मेरो देश
भृकुटी र सीताले विश्वसामु चिनाएको मेरो देश ।

विभिन्न जातजातिले सिङ्गारिएको मेरो देश
बहुभाषा, र धर्मले रङ्गिएको मेरो देश
बहुसंस्कृति र भेषभुषाले सिंगारिएको मेरो देश
मादलु, मारुनी अनि सारङ्गीले गुञ्जिएको मेरो देश ।

हरियो वन नदीनाला प्राकृतिक सौन्दर्यले भरिएको मेरो देश
डाँफे, मुनाल र गुराँसले मितेरी लाएको मेरो देश
गण्डकी, कोशी, कर्णाली कलकल गरी बग्ने मेरो देश
हिमाल, पहाड र तराईको अखण्ड मेरो देश ।

वीरहरुको रगतले सिँचिएको मेरो देश
अग्रगामी, सार्वभौम सम्पन्न मेरो देश ।
कोटी कोटी नेपालीको सपना बोकेको मेरो देश
सुन्दर, शान्त, विशाल मेरो देश ।

श्रीया पौडेल, कक्षाः ९
सिद्धार्थ वनस्थली इन्स्टिच्युट, काठमाण्डौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»