छुट्टै पाठ्यक्रम बन्दैछ


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विद्यालयमा छुट्टै वित्तीय शिक्षाको लागि कुनै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भएको छैन । गणित, अर्थशास्त्र, पेशाव्यवसाय, लेखा आदि विषयबाट अप्रत्यक्ष रुपमा वित्तीय शिक्षा दिइँदै आएको छ । यसरी नै अनौपचारिक शिक्षमा वित्तीय शिक्षाको बारेमा जानकारी राखिएको छ ।

अब आउँदै गरेको कक्षा ९ को जीवन उपयोगी शिक्षामा वित्तीय शिक्षा सहितको नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक बन्दैछ । जुन २०७६ सालदेखि लागु हुँदैछ । यदि त्यो लागु भयो भने विद्यार्थीलाई दैनिक हरहिसाब राख्ने सीप, सीपलाई बजारसम्म लगेर प्रयोग गर्ने तरिका र त्यसबाट उचित मूल्य पाउनसक्ने अवस्थाको सिर्जना हुनेछ ।

विद्यार्थीलाई वित्तीय शिक्षा दिने मुख्य सुत्राधार त शिक्षक नै हुन् । यसका लागि विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री निर्माण गर्ने, भिडियो क्लिप्स देखाउने र ई लर्निङबाट शिक्षा दिने काम गर्नुपर्छ । हामीले २०७१/२०७२ सालमा यसबारेमा अभिभावक शिक्षा पनि सुरु गरेका थियौँ । विदेशमा पनि यसको राम्रो अभ्यास भएको पाइन्छ । त्यसैले नेपालमा पनि यसबारेमा शिक्षक, अभिभावकलाई तालिम दिनुपर्छ र बालबालिकामा बचत गर्ने बानीको विकास गराउनुपर्छ ।

कम हुन्छ त्यसैले जीवन बीमालाई पनि बचतको रुपमा हेरिन्छ । बीमा अवधि सकिएपछि बीमा गरेको व्यक्तिले दोब्बर रकम पाउँछ । यसरी आउने रकमले राम्रो काम गर्न सकिन्छ । बालबालिकाले बीमाबाट यसरी आएको रकमले उच्चशिक्षा अध्ययन गर्न सक्छ । कुनै प्राविधिक कलेज पढ्न पैसा अपुग भएर रोकिनु पर्दैन । बीमाको पैसा प्रयोग गर्न सकिन्छ । मानौ, पाँच लाख तिर्ने गरी बीमा गरिएको रहेछ भने १० लाख रुपैयाँ फिर्ता आउँछ । एकै पटक ठुलो रकम फिर्ता आउँदा बिमितले राम्रो काम गर्न सक्छन् ।

बीमा कम्पनीहरुले बिमितलाई निश्चित वर्ष पछि जम्मा गरेको पैसाको ८० प्रतिशतसम्म कर्जाको रुपमा फिर्ता पनि दिन्छ । यसरी आफ्नै पैसा फिर्ता लिएर बिमितले आवश्यक पर्दा सहज रुपमा खाँचो टार्न सक्छन् ।

बीमा कम्पनीमै गएर वा कम्पनीका एजेन्ट मार्फत बीमा गराउन सकिन्छ । एजेन्टका बारेमा भने राम्रोसँग बुझ्नु पर्ने हुन्छ । परिचय पत्र हेर्ने, उसले भर्ने कागज पत्र सक्कली हुन् कि होइनन् हेर्नुपर्छ । एजेन्ट प्रयोग गर्दा सकेसम्म चिनेको मानिस भए अझै उत्तम हुन्छ । वर्षमा दुई पटक प्रिमियम बुझाउने गरी बीमा गरियो भने आर्थिक भार पनि कम पर्ने र नियमित प्रिमियम बुझाउनकै लागि भएपनि जबरजस्ती बचत गर्ने अवस्थामा पुगिन्छ । केही वर्षपछि त यो पैसा फिर्ता आउँछ त्यसैले यो पनि निकै राम्रो बचतको उपाय हो ।

खाता खोलेर नियमित पैसा जम्मा गर्ने भन्दा केही बढी मेहनत गरेर सेयर बजारमा लगानी गर्न पनि सकिन्छ । यसका लागि पनि निकै ठुलो मेहनत त आवश्यक पर्दैन । प्राथमिक सेयर खुलेको बेला फर्म भर्ने र परेको सेयर आफ्नो खातामा जम्मा गरे पुग्छ । प्राथमिक सेयरमा निकै धेरै आवेदन पर्ने भएकोले आफूले चाहेको जति किन्न नपाइने पनि हुन्छ ।

सेयर किन्न अहिले बैंकमा खाता हुनैपर्छ । खाताबाटै पैसा जाने गरी सेयर भर्नुपर्छ । सेयर नपरेको पैसा आवेदन फाराममा उल्लेख गरेको एकाउन्ट नम्बरमै फिर्ता आउँछ । त्यस्तै पैसा जम्मा गर्न बैंकमा खोलेको खाता जस्तै सेयर जम्मा गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका संस्थामा डिम्याट खाता खोल्नुपर्छ । पैसा बैंकमा जम्मा भएजस्तै सेयर पनि त्यस्तो डिम्याट खातामा जम्मा हुन्छ । दोस्रो बजारमा सेयर किनबेच गर्न पनि डिम्याट खाता अनिवार्य छ । यस्तो खाता बिना सेयर कारोबार गर्न पाइँदैन । अहिले कागजको सेयर प्रमाणपत्र दिने चलन हटिसक्यो ।

बैंक खाता र डिम्याट खाता भएपछि ब्रोकरमार्फत दोस्रो बजारमा सेयर कारोबार गर्न सकिन्छ । सेयर कारोबारबाट सधैँ नाफा हुँदैन । सेयरको मूल्य हरेक दिन घटबढ भइरहेकै हुन्छ । यस्तो मूल्यमा हुने तलमाथिले लगानीकर्तालाई नाफा नोक्सान हुने हो । तर राम्रो कम्पनी छानेर दीर्घकालीन लगानीका रुपमा केही पैसा लगानी गरिराख्ने हो भने त्यसबाट लाभ हुन्छ । सेयरमा लगानी गर्नु भनेको धेरथोरै जोखिम मोल्नु पनि हो । यसको अर्थ नाफा र नोक्सान दुवै व्यहोर्न तयार हुनु हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»