बालबालिकालाई सहज बचत सिकाउन कसको भूमिका महत्वपूर्ण हुन्छ ?


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालबालिकालाई बचत मात्र होइन जुन सुकै विषय सिकाउने पहिलो भूमिका परिवारको हुन्छ । त्यसपछि विद्यालयका साथ साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनले पनि बालबालिकालाई बचत सीप सिकाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

बालबालिकालाई बचत कसरी सिकाउन सकिन्छ ?
विद्यालयहरु बालबालिकालाई सिकाउने स्थान हो विद्यालयले बालबालिकालाई बचत सिकाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसका लागि पाठ्यक्रमले नै बचतको विषय समेट्नु पऱ्यो । पाठ्यक्रम अनुसारको ज्ञान प्रदान गर्नका लागि खेल अनि विभिन्न रमाइला विधिहरुको अवलम्बन गरी प्रयोगात्मक रुपमा बालबालिकालाई बचत सिकाउने कार्यको सुरुवात गराउनु पर्छ । घरबाट पनि बालबालिकालाई बचत सिकाउन सकिन्छ । साथ साथै सामाजिक संघ संस्था अनि बालबालिकासँग सरोकार राख्ने सबैले बालबालिकालाई बचत बारेको ज्ञान दिन सकिन्छ ।

बालबालिकालाई बचत सिकाउनको लागि विकास बैंकहरुको भूमिका कस्तो रहेको छ ?
यो अत्यन्त महत्वपूर्ण प्रश्न हो । अहिले संघीय राजधानीमा महत्वपूर्ण उपस्थिति जनाइरहेका विकास बैंकहरु दुर्गमबाट यहासम्म आएका हुन् । आम मान्छेलाई बैंकिङ प्रणालीको बारेमा बुझाउन विगतदेखि नै विकास बैंकहरुले महत्वपूर्ण
भूमिका निर्वाह गर्दै आइरहेका छन् । यसैले बालबालिकालाई बचत सीप सिकाउन पनि विकास बैंकले महत्वपूर्ण भूमिका हुनेछ ।

बालबालिकाको लागि बचत बारे सचेतना कार्यक्रम कसरी सञ्चालन गरिरहनु भएको छ ? बालबालिकालाई बैंकप्रति आकर्षित गर्ने सन्दर्भमा हामीले अन्य खाताहरु भन्दा उच्च ब्याज प्रदान गरेर अभिभावकहरुलाई बालबालिकाको खाताहरु सञ्चालनमा प्रोत्साहन गरिरहेका छौं । बैंकमा खाता सञ्चालन गर्ने बालबालिकालाई  उनीहरुको जन्मदिन साथै विशेष अवसरमा विभिन्न उपहार प्रदान गर्ने समेतका कार्यक्रम विकास बैंकहरुले सञ्चालन गरिरहेका छौं । यसैगरी बालबालिकासम्म बचत सीप र बैकिङ प्रणालीको जानकारी गराउन हामी जहाँ जहाँ छौं आसपासका विद्यालयमा बैंकिङ र बचत बारेका कार्यक्रम सञ्चालन गर्दै आएका छौं । बैक आफैले गर्न नसकेका ठाउँहरुमा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विद्यालय बालबालिकाको लागि बचत गर्ने सीप सम्बन्धी कार्यक्रमहरु भइरहेका छन् ।

राष्ट्र बैंकले कस्तो नीति ल्याएमा विकास बैंकहरुलाई बालबालिकासम्म पुग्नका लागि सहज हुन सक्छ ?
राष्ट्र बैंक आफैले पनि विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरेर बैंकिङ शिक्षालाई अगाडि बढाइ रहेको छ । यो आफैमा महत्वपूर्ण हो । यसका साथै राष्ट्र बैंकले सचेतनाका लागि खर्च गरेको रकमलाई खर्चमा देखाउन सकिने प्रावधान राखेर बैंकिङ शिक्षाको प्रबद्र्धनका लागि महत्वपूर्ण प्रोत्साहन दिइरहेको छ । थप भनेको राष्ट्र बैंकले बैकिङ शिक्षालाई पाठ्यक्रममा राख्नका लागि विद्यालय पाठ्यक्रम विभागमा समन्वय गरी पाठ्यक्रममा नै समावेश गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी बैंकिङ शिक्षालाई बालबालिकाको तहमा पु¥याउन पर्दछ ।

बैंकमा राख्ने बाहेक के गर्ने त ?
बैंकमा पैसा राख्ने बाहेक पनि बचतका माध्यम छन् । बचत गरेजस्तै सजिलो र आम्दानी पनि राम्रो हुने अर्को विकल्प जीवन बीमा हो । जीवन बीमाले जोखिमलाई व्यहोर्छ भने नियमित बचत पनि हुन्छ । बालबालिकाले जीवन बीमा गर्दा
उमेरका हिसाबले धेरै प्रिमियम तिर्नु पर्दैन । उदाहरणका लागि दुईलाखको जीवन बीमा गर्दा बीमाको अवधि १० वर्ष राख्ने हो भने यसको प्रिमियम थोरै आउँछ ।

बीमाको अवधि सकिँदा बीमा गर्ने मान्छे (बिमित) ले चार लाख भुक्तानी पाउँछ । यहाँ सजिलोका लागि दुई लाख उल्लेख गरिएको हो । एक लाखदेखि जति रकमको पनि बीमा गर्न सकिन्छ । बीमा कम्पनीहरुले फरक फरक बीमा योजना सार्वजनिक गरेका छन् । बालबालिका केन्द्रित बीमा योजना निकै धेरै छन् । बीमाको लाभ भनेको बीमा अवधिमा बिमितको मृत्यु भएमा कम्पनीले क्षतिपुर्ति व्यहोर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»