बालबालिकालाई कसरी बचत सिकाउन सकिन्छ ?


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बचत सिकाउने विभिन्न तरिका छन् । पहिलो कुरा त विद्यालयको पाठ्यक्रममा बचत अनि वित्तीय साक्षरता सम्बन्धी पाठ्यक्रम बनाएर विद्यालयमा पढाउने व्यवस्था गर्नु पर्छ । फजुल खर्च नगर्न र सही लगानीका लागि वित्तीय साक्षरता आवश्यक छ । यसलाई तहगत रुपमा बढाउँदै लैजाने जस्तो कक्षा ४ मा बैंक बारेको जानकारी, कक्षा ५ मा बचत अनि बैंकमा खाता खोल्ने तरिका, कक्षा ६ मा बीमा यस्तै गरी सेयर, लगानी, ऋण बचत अनि ब्याज सहित आर्थिक कारोबारका विभिन्न पक्षहरुलाई कक्षा अनुसार सिकाउँदै लगेमा बाल्यावस्थादेखि नै बचत अनि बैंकका बारेमा साक्षर बनाउन सकिन्छ ।

अर्को सञ्चार माधयम रेडियो, टेलिभिजन मार्फत् विभिन्न जानकारी मूलक सूचनाहरु दिने, वित्तीय शिक्षाको टेलिश्रृंखला बनाएर नियमित प्रसारण गर्ने, विद्यालयमा पढ्ने बालबालिकालाई बंैकको भम्र ण गराएर खाता खोल्ने, कारोबार देखाउने र अन्तरक्रिया गराउने, बालबालिकालाई मनि म्युजियम लैजाने, राष्ट्र बैंकको नोट विभागमा लैजाने र नोटका विशेषता अनि कसरी छापिन्छ जस्ता विषयमा जानकारी गराएर अर्थको महत्व बुझाउन सकिन्छ ।

बैंकहरुले विद्यालयमै खुत्रुके राखिदिएर बालबालिकालाई बचत बारेको जानकारी दिने र खाता खोल्ने अनि समय मिलाएर बैंकको कर्मचारी गएर जम्मा भए अनुसारको रकमको भौचर दिएर खातामा जम्मा गरिदिने कार्यले पनि प्रयोगात्मक रुपमा बचत गर्न प्रोत्साहन र बैंक बारेको जानकारी गराउन सकिन्छ ।

बालबालिकालाई बचत सिकाउने बारेमा सबैभन्दा महत्वपूर्ण भूमिका कसको हुन्छ ?
सबैभन्दा महत्वपूर्ण भूमिका राष्ट्र बैंकको हुन्छ । हामीले अहिले बालबालिकाको लागि वित्तीय साक्षरता प्राय सबै ठाउमा बैक तथा वित्तीय सुविधा पुगेको छ । बैंक नभएका गाउँमा सहकारी संस्था र समूह बनाएर बचत गर्ने प्रचलन सुरु भएकै छ । त्यस्ता गाउँहरुमा पनि भौतिक पुर्वाधारसँगै बैंकिङ सुविधा बिस्तार हुँदैछन् । आफूले रोजेर चाहेको ठाउँमा खोल्न सकिन्छ ।

अहिले हामी बैंक तथा सहकारीमा बचत गर्ने, जीवन बीमा गर्ने र सेयर बजारमा सानोतिनो लगानी गर्ने जस्ता सामान्य बचतको चर्चा यहाँ गरौँ ।

बचत गर्ने बानी बसिसकेपछि र पैसा धेरै भएपछि ठूला लगानीका क्षेत्र खोज्ने तथा दीर्घकालीन बचतमा चाहना बढ्दै जान्छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरु बचत गर्ने प्रमुख स्थानहरु हुन् भने गाउँ टोलमा खुलेका सहकारीहरु अर्काे बचतको सहज स्थान हो । यस्ता संस्थाहरुले गाउँ गाउसँम्म आफ्ना शाखा बिस्तार गरेका छन् । तिनै शाखाहरुमा गएर सजिलै बचत खाता खोल्न सकिन्छ । बालबालिकाले जन्मदर्ता प्रमाणपत्र र आफ्नो फोटो लगेर दिएपछि बैंक तथा सहकारीका कर्मचारीले खाता खोलिदिन्छन् । यहीँबाट बचत गर्ने कार्य सुरु हुनेछ । खाता खोलेकै दिनबाट केही पैसा बचत गर्न थालिन्छ । हरेक महिना, साता वा दिनमा यति पैसा बचत गर्छु भनेर अठोट गर्ने र त्यही अनुसार बचत गरियो भने अझै राम्रो हुनेछ ।

अधिकांश वाणिज्य बैंक तथा सहकारी संस्थाहरुले बालबालिकाका लागि छुट्टै बचत योजना लागु गरेका छन् । बालबालिका केन्द्रीत यस्ता बचत योजनाहरुमा ब्याजदर केही बढी उपलब्ध गराउने, न्यूनतम बचत रकममा सहुलियत दिने, एटिएम कार्ड निःशुल्क उपलब्ध गराउने जस्ता सुविधा थपिएको हुन्छ । खातामा राख्नु पर्ने न्यूनतम रकम अलि बढी तोकेर जन्म दिनमा केक उपहार पठाउने गरेर पनि बैंक तथा सहकारीहरुले बचत योजना सार्वजनिक गरेका छन् ।

बालबालिकाले आफूलाई अनुकूल हुने बैंक तथा वित्तीय जुनसुकै संस्थामा पनि खाता खोल्न सक्छन् सकेसम्म धेरै शाखा तथा एटिएम भएका संस्था, आफ्नो बसोबासको नजिक हुनेगरी र धेरै बैंकिङ सुविधा दिने संस्थामा खाता खोल्दा सजिलो हुन्छ । नजिक र पायक पर्ने संस्थामा बचत गर्न थालियो भने नियमित रुपमा त्यस्ता बैंक तथा सहकारी संस्था जान झन्झट हुँदैन र बचतलाई असर पनि पर्दैन ।

रणनीति बनाएर स्वीकृतिका लागि नेपाल सरकार समक्ष पठाएका छौँ । त्यो स्वीकृत भएर आएपछि नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंकहरुलाई वित्तीय साक्षरताका लागि जिम्मेवार बनाउँछौ । यसैगरी अर्थ मन्त्रालयको भूमिका हुन्छ, शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको भूमिका पनि रहन्छ । यसमा बैंक तथा वित्तीय संस्था स्वयंको अझ महत्वपूर्ण भूमिका रहन्छ ।

राष्ट्र बैंकले वित्तीय साक्षरता बालबालिकासम्म पुऱ्याउन के कस्ता काम गरिरहेको छ ?
केही वर्ष पहिलेदेखि देशका विभिन्न स्थानमा गभर्नर वा उच्च पदस्थ अधिकारी आफै उपस्थित भएर विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रम बनाएर हाम्रा कुरा भन्ने र विद्यार्थीहरुका प्रश्नहरुको उत्तर दिने गरी अन्तरक्रिया गर्दै आइरहेका छौं वित्तीय साक्षरता अन्तरगत नै ग्राहकको सुरक्षाको लागि नीतिगत कार्यहरु गरिरहेको छ । सन् २०१० देखि २०१३ सम्म इन्हान्सिङ एसिस्ट फाइनान्सियल सर्भिसेस् परियोजना अन्तरगत वित्तीय साक्षर ता कार्यक्रम सञ्चालन गऱ्यौं । यसै गरी चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनसँग सहकार्य गरेर वित्तीय साक्षरताका कार्यक्रम गर्दै आइरहेका छौँ । चाइल्ड एण्ड युथ फाइनान्सिक वीक अन्तरगत सञ्चालन भएका कार्यक्रममा हामी दई पटक अन्तर्राष्ट्रिय रुपमा पुरस्कृत समेत भएका छौँ ।

पैसाको वोट नामक पुस्तक विभिन्न विद्यालय तथा बालबालिकाका लागि कार्यरत संस्था र बैक तथा स्वयम् राष्ट्र बैंको सक्रियतामा बालबालिकालाई वितरण गरेर साक्षरताका लागि काम गरेका छौं । वित्तीय साक्षरताको लागि प्रशिक्षक प्रशिक्षणका म्यानुयल बनाएर अगाडि बढेका छौं ।

राष्ट्र बैंक केन्द्रीय बैंक भएको ले अन्य बैंकहरुलाई बालबालिका लक्षित बचतमा प्रोत्साहत गर्नका के कस्ता कार्यक्रम भएका छन् ?
हामीले अभिभावकको जिम्मेवारीमा बालबालिकाको नाममा खाता खोल्न सक्ने व्यवस्था गरेका छौँ । साथै सबै बैंकहरुले वित्तीय साक्षरता सम्बन्धी अभियान सञ्चालन गर्ने कार्यहरुलाई प्रोत्साहन गर्दै आइरहेका छौँ ।

बालबालिकामा बचतलाई कसरी बानीको रुपमा विकास गर्न सकिन्छ ?
बालबालिकाले सानैदेखि बचत गर्ने बानी सिक्नुपर्छ । फजुल खर्च गर्नु हुँदैन । यसको मतलव आफ्नो स्वास्थ्य बिग्रने गरेर पेट काटेर पैसा बचाउने होइन । गर्नैपर्ने खर्च बाहेक अन्य खर्च नगरेर खुत्रुके वा खातामा बचत गर्ने बानीको विकास गर्नु पर्छ । बचत भनेको प्रत्यक्ष पैसा बचाउनु मात्र होइन, घरमा एउटा कोठामा सबै परिवार बसिरहेका बेला अन्य कोठाहरुको बत्ति निभाउने, पंखा बन्द गर्ने जस्ता कुरा पनि प्रत्यक्ष रुपमा बचत हो भनेर सिकाउन आवश्यक छ । यसगरी ब्रस गर्दा धारा खुल्लै नराखेर पानी बचाउनु, आधी खाएर खाना नफाल्ने जस्ता कार्यले पनि ठूलो आर्थिक बचत गरिरहेको हुन्छ । यसबारे बालबालिका मात्र होइन ठूलाहरुले पनि ध्यान दिएर कार्य गर्नु आवश्यक छ । ठूलाहरुले यस्ता विषयमा ध्यान दिएर बचत गर्ने गरे बालबालिकामा बचत गर्ने बानी आफै विकास भइरहेको हुन्छ ।

बैंक तथा सहकारीबाट कस्तो सुविधा लिने ?
बचत खाता खोलिसकेपछि बालबालिकाले बैंकले दिने केही सुविधा निःशुल्क पाउँछन् । यो सुविधा अधिकांश बैंक तथा सहकारीले उपलब्ध गराएका छन् । जस्तो बालबालिकाले एटिएम कार्ड प्रयोग गर्न पाउँछन् । यस्तो एटिएम पहिलो पटकका लागि निःशुल्क दिइन्छ । अहिले धेरैजसो बैंक तथा वित्तीय संस्थाले भिसा डेबिट कार्ड प्रयोजनमा ल्याएको छ । यस्तो कार्डले केही सुपरमार्केट रेष्टुरेन्टमा किनमेल गर्न पनि सकिन्छ । नगद रकम निकाल्न बैंकको काउन्टरमा गएर लाइन बस्नु पनि परेन । एटिएम मेसिनबाट तत्काल नगद निकालेर काम चलाउन सकियो । एटिएम कार्ड लिएपछि कसरी प्रयोग गर्ने भनेर पनि बैंक तथा वित्तीय संस्थाकै कर्मचारीले सिकाउँछन् । कार्ड प्रयोग, पिन नम्बर प्रयोग र पिन परिवर्तन, रकम निकाल्ने तरिका लगायतका विषयमा कर्मचारीले सिकाइ दिन्छन् ।

त्यस्तै एटिएम कार्डकै प्रयोग गरेर खातामा पैसा जम्मा गर्न पनि सकिन्छ । काउन्टरमा लामो लाइन रहेछ वा काउन्टर
बन्द भइसकेको अवस्था रहेछ भने आफैले एटिएम मेसिनबाट पैसा खातामा जम्मा गर्न सकिन्छ । त्यसैले एटिएम कार्ड प्रयोगले बैंकिङ सुविधालाई सहज बनाउँछ । एटिएमलाई प्लाष्टिक मनि पनि भनिन्छ । कार्ड सबै ठाउँमा सहज रुपमा चल्ने अवस्था भएपछि गोजीमा धेरै नगद आवश्यक पर्दैन । त्यसैले पनि बालबालिकाको लागि बैंकिङ बानी आवश्यक छ ।

बैंक तथा वित्तीय सस्थाले दिने अर्काे सुविधा ई (इन्टरनेट) बैंकिङ हो । ई बैंकिङ पनि धेरै संस्थाले बालबालिकाका लागि निःशुल्क गरेका छन् । अहिलेको डिजिटल युगमा बालबालिकाले इन्टरनेट नचलाउने त कुरै आउँदैन । इन्टरनेटमा हुने पहुँच हरेक दिन सहज हुँदैछ । यसले आफू जहाँ बसेर पनि बैंकिङ कारोबार गर्न सहज बनाउँछ । खातामा भएको पैसा बुझ्न मात्रै होइन पैसा एक खाताबाट अर्काेमा सार्न, बिल तिर्न लगायतमा पनि यो सुविधा प्रयोग गर्न सकिन्छ ।

बालबालिकाका लागि बैंक तथा सहकारी संस्थाले केही बढी ब्याज प्रस्ताव गरेका हुन्छन् । नियमित बचत गर्ने हो भने आफ्नो बचत पनि बढ्छ र ब्याज आम्दानी पनि राम्रै हुन्छ । बचत गर्दा बालबालिकाले निःशुल्क चेकबुक पाउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»