अभियानका रुपमा अगाडि बढाउन आवश्यक


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालबालिकालाई बचत किन सिकाउन आवश्यक छ ?
यो सबैले जान्नुपर्ने विषय हो । समाजमा कुलतमा परेका व्यक्तिलाई यदाकदा भेट्दा सोध्छु किन यस्तो गर्नुहुन्छ ? उहाँहरु भन्नुहुन्छ के गर्ने दाइ नानीमा लागेको बानी छोड्नै सकिँदैन । हो नानीमा लागेको बानीले अगाडिको जीवन जिउन बालबालिकालाई बचत अनि खर्चको सीप सिकाउन सकियो भने उनीहरुले जीवनभर कहिल्यै पछाडि पर्नु पर्दैन ।

बालबालिकालाई बचत सिकाउने दायित्व कसको हो ?
यसका लागि सेवा प्रवाह बैंक तथा वित्तीय संस्थाले बचत अनि वित्तीय साक्षरता कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउन सधैं तत्पर भएर लाग्नुपर्छ । बैंकहरु विद्यालयमा पुगेर बालबालिकालाई वित्तीय साक्षरता र वचतका प्रयोगात्मक अभ्यास गराउनुपर्छ । बालबालिकालाई बचत गर्न हौसला प्रदान गर्नुपर्छ । अभिभावकले आफूले बचत गर्दै बालबालिकालाई बचत सिकाउनु पर्छ । नानीदेखि नै बचतको कुरा सिके भने उनीहरुले बैंक, बैंकिङ कारोबार अनि लगानीको विषयमा पनि सिक्छन् । हाम्रो शिक्षा नीतिले विद्यालय पाठ्यक्रममा वित्तिय साक्षरता समावेश गरी कक्षागत रुपमा सिकाउनु पर्छ । बचत अनि वित्तीय साक्षरता कसले सिकाउने भन्ने होइन, यो सबैले सिक्ने र सिकाउने बिषय हो ।

बचत सिकाउन बैंकहरुले कस्ता कार्यक्रम ल्याउनु पर्छ ?
बैकले विभिन्न कार्यक्रममा बालबालिकालाई सहभागी गराएर बैकमा ल्याउन सकेमा उनीहरुको उमेर बढे अनुसार स्वस्थ ग्राहकका रुपमा बालबालिका पछिसम्म बैंकसँग रहिरहन्छन् । यो बैंकको लागि ठूलो सम्पत्तिका रुपमा रहन्छन् । यसैले बैंकहरुले बालबालिकासम्म पुग्ने आकर्षक योजना बनाउन आवश्यक छ ।

बालबालिकालाई बचतसँगै सिकाउनु पर्ने अर्को विषय कुन हो ?
बचतसँगै आउने अर्को विषय खर्च कसरी गर्ने भन्ने हो । बचत गर्न जति आवश्यक छ, खर्च गर्ने विषयमा पनि त्यत्तिकै ध्यान पु¥याउनु आवश्यक छ । बालबालिकालाई हामीले खर्चका बारेका सिकाउन सकेनौं भने जति बचत गर्न लगाए पनि कुनै अर्थ लाग्दैन । खर्च गर्नुभन्दा पहिले केमा खर्च गर्न लागेको हो ? त्यसमा खर्च गर्न कत्तिको आवश्यक छ ? साच्चै खर्च गर्नु आवश्यक छ कि त्यसको विकल्प पनि छ ? त्यस बारेमा गहिरिएर सोच्ने अनि मात्र खर्च गर्ने बारेमा बालबालिकादेखि नै सिकाउन आवश्यक छ । बालबालिकाको उमेर बढे अनुसार बचत खर्च अनि लगानीको बारेका सिकाउँदै जानुपर्छ । यसको साथै खर्च तथा बचतको हिसाब राख्ने सीप पनि सगँसँगै लैजानु पर्दछ ।

अन्तमा के भन्न चाहनु हुन्छ ?
बालबालिकामा राम्रा बानीहरुको विकास गराउने कार्यलाई अभियानका रुपमा अगाडि बढाउन आवश्यक छ । सानै उमेरमा राम्रा सीप सिकाउन सकियो भने उनीहरुमा नराम्रा बानीको विकास हुनै पाउँदैन । राम्रा सीप र बानीको रुपमा विकास गराउन सकियो भने उनीहरु कहिल्यै असफल हुँदैनन् । बालबालिकालाई राम्रा सीप प्रदान गर्नका लागि कसले होइन, सबैले आफ्नो स्थानबाट सक्दो भूमिका निर्वाह गर्नुपर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»