व्यवसायिक ज्ञान आर्जन गर्दै विद्यार्थी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नवलपरासी । गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले व्यवसायिक ज्ञान आर्जन गर्दैछन् । गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विजय सामुदायिक शिक्षा सदन ब्रिटिस काउन्सिलको अवधारणामा सञ्चालित आइएस्ए अर्थात् इन्टरनेशनल स्कुल अवार्डमा सहभागी भएपछि विद्यार्थीहरु विभिन्न परियोजना अन्तर्गत आफैँ सहभागी भएर खोज्दै, हेर्दै, गर्दै, सिक्दै अगाडि बढिरहेका छन् ।

विद्यार्थीले विद्यालयमा नै च्याउ फलाउने, माटोका भाँडा बनाउने, ढुङ्गामा कुँदेर मूर्ति बनाउने, फोहर र खेर गएका बोतल र प्लास्टिक सङ्कलन गरेर चौतारो बनाउने काम गरेका छन् ।

विद्यालयले आइएसएका परियोजनामा मात्र नभई विद्यार्थीलाई विभिन्न सदनहरुमा विभाजन गरी समूहमा कार्यगर्ने र व्यावहारिक ज्ञान तथा सीपविकास गर्ने कुरामा जोड दिइरहेको छ ।
विभिन्न जडीबुटीका बोटबिरुवा लगाउने, मौसम अनुसारका तरकारी उत्पादन गर्ने क्रियाकलाप पनि विद्यालयले गराउँदै आइरहेको छ ।

साथै विद्यालयले विद्यार्थीमा बचत कसरी गरिन्छ, दुःखमा सहयोग कसरी गर्ने भन्ने जस्ता कुरा सिकाउन बचत समूह, रेडक्रस, स्काउट, बालक्लबलगायतका विविध क्लबहरु गठन गरी विद्यार्थीको चौतर्फी विकासमा टेवा पुर्‍याउँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»