बालबालिकालाई बुलिङ्ग हुनबाट जोगाऔं


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बालबालिका शारीरिक तथा मानसिक तनावको सिकार भइरहेका हुन्छन् तर त्यसबारे जानकारी नहुँदा विद्यार्थीले आफू बुलिङ्ग भएको बताउन सकिरहेका हुँदैनन् । सामान्यतया बुलिङ्ग पाँच प्रकारका हुन्छन्:

शारीरिक बुलिङ्ग
शारीरिक बुलिङ्ग भएमा बालबालिका आफूभन्दा कमजोर बालबालिकालाई पिट्ने, चिमोट्ने, गाली गर्ने, थर्काउने, तर्साउने, कपाल तान्ने इत्यादि गर्छन् ।

मानसिक बुलिङ्ग
यसमा चाहिँ बुलिङ्ग गर्ने बालबालिका अन्य बालबालिकालाई आफ्नो समूहमा समावेश गर्न मन पराउँदैनन् । उनीहरू सँगै बसेर खान चाहँदैनन् । खेल खेल्दा पनि आफूमात्र खेल्छन् । त्यति मात्र होइन, नचाहिँदो कुरा गरेर आफूभन्दा कमजोर बालबालिकालाई मानसिक तनाव दिने गर्छन् ।

मौखिक बुलिङ्ग
मौखिक बुलिङ्गमा बालबालिका अपशब्द बढी प्रयोग गर्छन् । उनीहरूमा साथीहरूको निकनेम राख्ने, विभिन्न नाम राखेर बोलाउने, अनुहार तथा वेशभुषा हेरेर हाँस्ने, अरूको मजाक उडाउने आदि स्वभाव देखिन्छ ।

साइबर बुलिङ्ग
साइबर बुलिङ्गमा एउटा व्यक्ति वा समूहले अर्को व्यक्तिको निजी जीवनसित सम्बन्धित गोपनीय कुरा सामाजिक सञ्जालमा राखिदिने, उनीहरूको बारेमा जे पायो त्यही कमेन्ट गरिदिने प्रवृत्ति देखिन्छ । यसको सिकार भएका युवा इन्टरनेटमा अश्लील फोटो, भिडियो बनाएर हालिदिन्छन् । मोबाइलमा जे पायो त्यही म्यासेज गर्छन् । जसका कारण पीडित व्यक्ति निराश हुन्छ । यस्ता बुलिङ्ग पुरुष तथा महिला दुवैमा बराबर छ । महिलाहरू साथीलाई एक्लै छोडेर, सँगै नबसेर, खाना खाँदा एक्लै पारेर मानसिक रूपमा बुलिङ्ग गर्छन् भने पुरुषहरू कराएर, पिटेर, गालीगलौज गरेर बुलिङ्ग गर्छन् ।

बुलिङ्गका लक्षणहरू
सामान्यतया बुलिङ्गको सिकार भएका बालबालिकाहरूलाई बारम्बार ज्वरो आउने गर्छ । उनीहरूलाई पढ्न मन लाग्दैन । स्कुल जान अन्कनाउँछन् । कयौलाई स्कुल जाने भन्यो कि पेट या टाउको दुख्ने गर्छ । कयौ त स्कुल जान नपरोस् भनेरै ढिलो गरी होमवर्क गर्ने र सकेसम्म बस छुटोस् भनेर भगवान्सित प्रार्थना गर्ने गर्छन् ।

कतिपयै बालबालिका ओछ्यानमै पिसाब फेर्ने, जतिखेर पनि तर्सिने, डराउने गर्छन् । उनीहरूको दिनचर्यामा अचानक परिवर्तन आउन थाल्छ । पकेट मनी माग्न थाल्छन् । ससाना कुरामा रुनकराउन थाल्छन् । आत्मविश्वासमा कमी आउँछ । आत्मविश्वासको कमीकै कारण बालबालिका डिप्रेसनको सिकारसमेत हुने गर्छन् ।

पेन्सिल बक्समा भाँचिएको वस्तु भेटिनु । कहिले टिफिन बक्स त कहिले पानीको बोतल, कहिले कापी कलम वा पेन्सिल हराउनु, यसबाट पनि बालबालिका बुलिङ्गको सिकार भएको अनुमान लगाउन सकिन्छ । बालबालिकाको शरीरमा चोट लाग्नु पनि बुलिङ्गको लक्षण हुनसक्छ ।

कसरी जोगाउने  ?
मनोचिकित्सकका अनुसार बुलिङ्गको सिकार हुने बालबालिकाको अभिभावकलाई समेत काउन्सिलिङको आवश्यकता पर्छ । अभिभावक बालबालिकासँग रिसाउनु हुँदैन । यस्तो बेलामा बालबालिकालाई आमाबाबुको विशेष माया, ममता र स्नेह आवश्यक हुन्छ । आमाबाबुले नै बालबालिकाको समस्या नबुझेमा उनीहरू हतास हुन सक्छन् । आफ्ना बालबालिकालाई बुलिङ्गबाट बचाउन अभिभावकले निम्न भूमिका निर्वाह गर्नुपर्छ .

आफ्नो बालबालिकासित साथीजस्तो व्यवहार गर्नुपर्छ । यति मात्र भयो भने पनि बालबालिका आफ्नो समस्या भन्न डराउँदैनन् ।
बालबालिकालाई बुझाउनुपर्छ । बुलिङ्गसित डराउने नभई डटेर सामना गर्नुपर्छ । आवश्यक परेको खण्डमा शिक्षकलाई समेत यसबारे जानकारी गराउन सकिन्छ ।

बुलिङ्ग गर्ने बालबालिकासित डराउनु हुँदैन । बहादुरी देखाउनुपर्छ र त्यस्ता बालबालिकाको कुरा नसुनेर आफ्नै साथीहरूसित बस्नुपर्छ भनेर बालबालिकालाई सम्झाउन सकिन्छ ।

यति गर्दा पनि समस्या समाधान नभए स्कुलमा गएर शिक्षकरशिक्षिका वा प्रिन्सिपलसित कुरा गर्नुपर्छ । बालबालिकालाई परेको समस्याबारे अवगत गराउनुपर्छ । त्यतिले पनि नभए बुलिङ्ग गर्ने बालबालिकाको मातापितालाई बोलाएर कुरा गर्नुपर्छ । यसबाट पीडित बालबालिकालाई धेरै हदसम्म राहत मिल्नेछ । – एजेन्सी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»