प्रधानमन्त्रीकी चेलीले पुस्तक पाइनन्


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुगु — जिल्लाभर प्रधानमन्त्रीकी चेली भनेर चिनिने माग्रीगाउँकी ८ वर्षीया ठिल्लेसाङमू लामाले पाठ्यपुस्तक नपाउँदा पढाइ प्रभावित बनेको छ । मुगमकार्मारोङ गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत उनी गत वर्ष कक्षा १ मा प्रथम भएकी थिइन् ।

गत वर्षको भर्ना अभियानको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना गराएका थिए ।

लामा बुद्ध माविमा कक्षा २ मा भर्ना भएकी थिइन् । भर्ना भएको करिब दुई सातासम्म पनि किताब उनको हातमा परेको छैन । उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी हुन् । शिक्षकले पुस्तक आउँछ भन्दै दैनिकजसो टार्ने गरेको उनको गुनासो छ । उनीमात्र होइन, प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि नयाँ पाठयपुस्तक पाउन सकेकी छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»