जुम्लाको तिला गाउँपालिकाद्वारा विद्यालय समायोजन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुम्लाको तिला गाउँपालिकाले भौगोलिक विकटता र विद्यार्थी सङ्ख्यालाई आधार मानी गाउँपालिकामा रहेका विद्यालयलाई समायोजन गरेको छ ।गाउँपालिकाले रासा, चुलाकोट र खोलीगाउँ विद्यालयलाई समायोजन गरेको छ ।

गाउँपालिकाभित्र जम्मा तीन साविकको उच्च माध्यमिक विद्यालय रहेकामा दुई विद्यालयलाई कक्षा घटाइएको छ ।

विद्यार्थी सङ्ख्या न्यून, भौगोलिक विकटता र नजिकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको र गाउँपालिकाको शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाभिएको हो ।

गाउँपालिका क्षेत्रभित्र जम्मा ४५ सामुदायिक विद्यालय छन् । यो वर्षदेखि सबै विद्यालयमा १ कक्षादेखि १० कक्षासम्म अङगे्रजी माध्यमबाट पढाइ शुरु गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Our Visitor

201053
facebook
instagram
twitter
Top
Language»